प्रधानमन्त्री मोदी र क्याप्टेन मच्छरलाई इजरायलको स्वतन्त्रता दिवसमा नेतान्याहूको निमन्त्रणा
प्रधानमन्त्री मोदी र क्याप्टेन मच्छरलाई इजरायलको स्वतन्त्रता दिवसमा नेतान्याहूको निमन्त्रणा

असोज १८, २०८३ आइतबार ८:२४:२८


सुन्नुहोस्
Powered byONE
116Shares
काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उडानका क्रममा ककपिटभित्र भएको आतङ्ककारी हमला विफल पारी सयौँ यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट स्मित मच्छरलाई ‘विश्वकै नायक’ भन्दै प्रशंसा गरेका छन्।
प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको आगामी स्वतन्त्रता दिवसका अवसरमा विशेष दीप (टर्च) प्रज्वलनका लागि निमन्त्रणा समेत दिएका छन् ।
शनिबार टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छरको साहस र धैर्यताको प्रशंसा गर्दै भने, ‘तपाईं भारत र इजरायलका वीर जनताका सच्चा नायक हुनुहुन्छ र सिङ्गो विश्वकै नायक हुनुहुन्छ। म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसको विशेष दीप प्रज्वलन गर्न आमन्त्रण गर्दछु।






प्रतिक्रिया दिनुहोस्