कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि शुरु हुँदैछ महाधिवेशनको उद्घाटन आज आपरहन्न काठमाडौँको खुलामञ्चमा हुनेछ । असोज १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । निर्वाचन राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ ।

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले शनिबारदेखि नै पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशनको दर्ता प्रक्रिया शुरू गरेका छन् । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।






प्रतिक्रिया दिनुहोस्