अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना: सवार सबै ९ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको ‘लियरजेट ६०’  विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना चालु वर्ष अमेरिकामा भएको दोस्रो ठूलो र घातक हवाई दुर्घटना मानिएको छ।

frontline

एयर ट्राफिक कन्ट्रोलको रेकर्ड अनुसार, दुर्घटना हुनुभन्दा केही मिनेटअघि विमानका पाइलटले माइनस ४७ डिग्री सेल्सियसको अत्यधिक चिसोका कारण विमानमा बरफ जमेको र तीव्र मौसमी अशान्ति सामना गरिरहेको जानकारी गराएका थिए। त्यसलगत्तै पाइलटले ‘मेडे’ को आपत्कालीन सन्देश पठाउँदै विमान तीव्र गतिमा तल खसिरहेको र नियन्त्रणबाहिर गएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here