अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाइने

काठमाडौं : अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाइने भएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नम्बर २१) को प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने छन्। 

नागरिकताको प्रमाणपत्र आगोले जलेर, पानीले भिजेर नष्ट भएमा, च्याडिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थाका व्यक्तिहरूका लागि यो व्यवस्था लागू गरिएको हो।

frontline

यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको मिति २०८३/७/९ को परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकहरूको भिडभाड तथा चापलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई व्यवस्थित गरिएको छ। जसअनुसार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदेशगत रूपमा सेवा प्रवाह मिलाइएको छ  । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here