चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने

११ कात्तिक, चितवन । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ ।

भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

frontline

नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म पुर्‍याउने उद्देश्यका साथ  ग्लेज इन्टरटेनमेन्टको आयोजनामा देशका प्रमुख ६ प्रमुख शहरमा कमेडी उत्सव २०८३ अन्तर्गत चितवनमा कात्तिक १४ गते कार्यक्रम गर्न लागिएको हो ।

कात्तिक ११ गते नेपालगञ्जको लिला प्यालेसबाट सुरु हुने यो उत्सव कात्तिक १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा, १७ गते बर्दिवास र कात्तिक १९ गते इटहरीमा आयोजना हुने ग्लेज इन्टरटेनमेन्टका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिए ।

कार्यक्रमले नेपाली हास्य मनोरञ्जनको सम्भावनालाई उजागर गर्दै स्थानीय दर्शकलाई आफ्नै सहरमा लोकप्रिय कलाकारहरूसँग रमाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

साथै, देशभर मनोरञ्जनका विविध कार्यक्रमप्रति दर्शकको आकर्षण बढाउन र नेपाली कमेडी संस्कृतिलाई थप जीवन्त बनाउन उत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले इसेवा मार्फत कार्यक्रममा सहभागिताका लागि टिकट लिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here