३ किलो २६५ ग्राम चरेशसहित २ जना पक्राउ
प्रहरीले बझाङबाट ३ किलो २६५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
बुंगल नगरपालिका- ४ बिजगडा बजारस्थित जनक कार्कीको घरबाट ३ किलो २६५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले जनक कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद गरेको हो।
चरेस कारोबारमा संलग्न रहेका बुंगल नगरपालिका-४ बस्ने ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ बस्ने ५७ वर्षीय जितबहादुर सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्