अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। हिजो यी सबैजसो मुद्रा महँगिएका थिए।
आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर







प्रतिक्रिया दिनुहोस्