सात करोड लागतमा पालिका भवन निर्माण हुँदै
समाचार सारांश
- भोजपुरको हतुवागढी गाउँपालिकामा २८ कोठे भवन निर्माण भइरहेको छ, जसको लागत ७ करोड ५० लाखभन्दा बढी छ।
- भवन निर्माणको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ, र आगामी भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारको ६० प्रतिशत लगानी रहेको छ।
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले रु पाँच करोड लगानी गरिसकेको छ । गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु ६ करोड ९० भुक्तानी भइसकेको उनले बताए ।






प्रतिक्रिया दिनुहोस्