रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

काठमाडौं । देशभर फैलिएको भ्रष्टाचार, कानुनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनका विरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा शब्दमा निन्दा गरेको छ ।
पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दछौँ , आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’
रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गर्दै गृहमन्त्रीसहित घटनामा संलग्न सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टीले निर्दोष युवाहरूको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव बुर्लाकोटीले वर्तमान सरकारलाई ‘वैधता गुमाइसकेको’ दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको संघीय संसद राष्ट्रिय समस्याको समाधान दिन असमर्थ भएको निष्कर्षमा पार्टी पुगेको जनाएका छन् । सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो आततायी शासनको अब जनप्रतिवाद हुनेछ ।’
००००
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
काठमाडौं । देशभर फैलिएको भ्रष्टाचार, कानुनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनका विरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले कडा शब्दमा निन्दा गरेको छ ।
पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दछौँ , आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’
रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गर्दै गृहमन्त्रीसहित घटनामा संलग्न सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टीले निर्दोष युवाहरूको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।
महासचिव बुर्लाकोटीले वर्तमान सरकारलाई ‘वैधता गुमाइसकेको’ दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको संघीय संसद राष्ट्रिय समस्याको समाधान दिन असमर्थ भएको निष्कर्षमा पार्टी पुगेको जनाएका छन् । सोही आधारमा रास्वपाले ताजा जनादेश ९पूर्वनिर्वाचन० को माग समेत सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो आततायी शासनको अब जनप्रतिवाद हुनेछ ।’

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here