राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार

समाचार सारांश

  • बाँकेको राप्ती नदीमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
  • गाईबस्तु चराउन गएका उनीहरू बाढीका कारण नदीको बीच टापुमा फसेका थिए।
  • उद्धार गरिएका व्यक्तिहरूमा मानसिंह धामी, लीलबहादुर खत्री र ससु वली रहेका छन्।

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

frontline

गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट  खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

#सकुशल उद्धार #बाढी उद्धार #सशस्त्र प्रहरी

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here