मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

समाचार सारांश

  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरिन्।
  • उनले मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन विधेयक प्रमाणीकरण गरिन्।
  • आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरियो।

धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।

frontline

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् । 

#विधेयक प्रमाणीकरण #प्रदेश प्रमुख #विधेयक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here