बागमती प्रदेशसभाको बैठक बस्दै

 समाचार सारांश

  • बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
  • बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्नेछन् ।

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । 

frontline

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ । 
यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका थिए । 

#बागमती प्रदेशसभा #प्रदेश सभा #मुख्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here