फिफा क्लब विश्वकप : सिटीको विजयी सुरुवात, रियल र अल हिलालको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफा क्लब विश्वकप २०२५ को समूह जी को खेलमा म्यानचेस्टर सिटीले विडाड कासाब्लान्कालाई २–० ले पराजित गर्‍यो।
  • खेलमा म्यानचेस्टर सिटीले दोस्रो मिनेटमै गोल गरे र पहिलो हाफमै २–० को अग्रता बनायो, तर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भयो।
  • समूह ‘एच’ मा रियल मड्रिड र अल हिलालबीच १–१ को बराबरी भयो, र साल्जबर्गले पाचुका एफसीलाई २-१ ले पराजित गर्‍यो।

५ असार, काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह जी को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले मोरक्कोको क्लब विडाड कासाब्लान्कालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

frontline

खेलको सुरुवातमै आक्रामक देखिएको सिटीले दोस्रो मिनेटमै फिल फोडेनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ४२औं मिनेटमा जेरेमी डोकुले अर्को गोल गर्दै पहिलो हाफमै सिटीलाई २–० को स्पष्ट अग्रता दिलाए।

खेलमा म्यानचेस्टर सिटीले केही मुख्य खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीहरूलाई सुरुवाती रोजाइमा अवसर दिएको थियो। रायन चेरकीले डेब्यू खेलमै प्रभावशाली प्रदर्शन गरे।

तर, खेलको अन्त्यतिर सिटीका रिकोलुइसले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। विडाड समर्थकहरूले मैदानमा जलाइएका फ्लेयर फ्याँकेपछि खेल केही बेर रोकिएको थियो।

यता समूह ‘एच’को खेलमा स्पेनिस क्लब रियल मड्रिड र साउदी क्लब अल हिलालबीच १–१ को रोमाञ्चक बराबरी भएको छ। खेलको ३४औं मिनेटमा रियलका युवा खेलाडी गोंजालो गार्सियाले टोलीका लागि अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर ४१औं मिनेटमा अल हिलालका रुबेन नेभेसले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। दोस्रो हाफमा रियल मड्रिडलाई फेरि पेनाल्टीको अवसर मिलेको थियो, तर गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै हार टारे ।

त्यस्तै बिहीबार विहान सम्पन्न खेलमा एफसी साल्जबर्गले पाचुका एफसीलाई  २-१ ले पराजित गरेको छ ।

फिफा क्लब विश्वकप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here