पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त

 समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा भरत खत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा खत्रीलाई उपकुलपति नियुक्त गरिएको हो, र प्रतिष्ठान ३ महिनादेखि नेतृत्वविहीन थियो।
  • उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए, जसमध्ये ६ जनाको सर्टलिष्टबाट खत्री नियुक्त हुनुभयो।

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । लामो समयको अलमलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।

frontline

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई उपकुलपति नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । प्रतिष्ठान ३ महिनादेखि नेतृत्वविहीन थियो । उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको सर्टलिष्ट बनाएर उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले सरकारलाई सिफारिस गरेको थियो ।

अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम सिफारिस भएको थियो । उपकुलपति नियुक्त भएका खत्री यसअघि निर्देशक थिए ।

यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रुपमा सञ्चालित अस्पताल २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको कार्यक्रम कार्यान्वयन गरेको छ । अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ । 

#भरत खत्री #पोखरा #नियुक्ति #स्वास्थ्य

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here