पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत, एमाले नेताहरुको भीड

रौतहट । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिवार काठमाडौँबाट सिमरा विमानस्थल आएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा एमालेका नेताहरूले स्वागत गरेका थिए । एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु लगायतका नेताहरुले ५१ किलोको माला लगाइ स्वागत गरेका हुन् ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भण्डारीलाई ‘गणतन्त्रको गौरव’ भन्दै स्वागत र सम्मान गरिएको बताए ।
उनले भण्डारीको राष्ट्रपति कार्यकाल र एमाले नेतृत्वमा रहँदा खेलेको भूमिकाको प्रशंसा समेत गरे । पार्टी नेतृत्वले भण्डारीलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको भए पनि नेता–कार्यकर्ता स्वागतमा सिमरा पुगेका हुन् ।
००००

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here