जनकपुरधाममा एक जनाको हत्या, २ जना घाइते

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी १४ वर्षीया अञ्चली यादवको हत्या भएको छ।
  • घटनामा २६ वर्षीय आशा यादव र राधा यादव घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।
  • मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

१३ साउन, हेटौंडा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।

कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

अपराधधनुषाहत्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here