केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

 समाचार सारांश

  • असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि केरूङमा १२०० नेपाली अलपत्र परेका छन्।
  • चीन सरकारसँगको समन्वयमा, परराष्ट्र मन्त्रालयले उनीहरूलाई वैकल्पिक मार्गबाट फर्काउने व्यवस्था मिलाउँदैछ।
  • केरूङमा रहेका नेपालीहरूको लागि चिनियाँ पक्षले भोजन र आवासको व्यवस्था गरेको छ।

रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले  मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि  परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । 

frontline

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ । 

#केरूङमा #अलपत्र #नेपाली #बाढी #केरूङ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here