इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या
काठमाडौं : इथियोपियाको ओरोमिया क्षेत्रमा छुट्टाछुट्टै आक्रमणहरूमा कम्तीमा ६० अर्थोडक्स ईसाईहरू मारिएको चर्चका अधिकारीहरूले बताएका छन्।
इथियोपियाली अर्थोडक्स तेवाहेदो चर्चको धर्मसभाले यो हत्यालाई आफ्ना नागरिकहरूमाथि गरिएको अत्यन्तै दुखद क्रूरता र पीडाको संज्ञा दिएको छ। आक्रमणमा २० भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् भने २० घरहरू जलेर नष्ट भएका छन्।
गत अक्टोबर २० मा मेर्टी जिल्लाको गोरा सिलिङ्गो, अंगदा केबेलेमा १४ जनाको मृत्यु भएको थियो। त्यस्तै,अक्टोबर २४ मा शिरका जिल्लाको तेरेता, चोले र बिरबो गाउँमा ४६ जनाको ज्यान गएको चर्चले जनाएको छ। दुबै जिल्लाहरू मध्य इथियोपियाको ओरोमिया क्षेत्रको अर्सी जोनमा अवस्थित छन्।
धर्मसभाले हत्याको निन्दा गर्दै यो आक्रमणले जीवन र धार्मिक स्वतन्त्रताको लागि संवैधानिक सुरक्षाको उल्लङ्घन गरेको र विभिन्न धर्महरू बीचको शान्तिपूर्ण सहअस्तित्वको इथियोपियाको परम्परालाई खतरामा पारेको उल्लेख गरेको छ।






प्रतिक्रिया दिनुहोस्