पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्छौं : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गरिने बताएका छन्।
मङ्गलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छाडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन्। उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गरे। पार्टीभित्रका संस्थागत गुटहरू समाप्त भइसकेकाले सम्बन्धहरूमा रहेको कटुता पनि मेट्नुपर्ने थापाको भनाइ छ।
कांग्रेसमा अहिले २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता एकैसाथ क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई पार्टीको अलौकिक पुँजीको रूपमा चित्रण गरे। सभापति थापाले पार्टीबाट विगतमा भएका कमीकमजोरीलाई सच्याएर लोकतन्त्र जोगाउनका लागि केन्द्रित हुने बताए।






प्रतिक्रिया दिनुहोस्