गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि हुने

काठमाडौं : १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले मगंलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेलमैदानमा १९औं संस्करणको गोदावरी फूल प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ।

frontline

प्रदर्शनीमा नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए। यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको आयोजकको भनाइ छ। विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here