भारतीय सेना प्रमुखमा धीरज सेठ

भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्। 

भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्। 

frontline

वर्तमान सेनाध्यक्ष उपेन्द्र द्विवेदी ३० जुनमा अवकास पाउँदै छन्। त्यसपछि लेफ्टिनेन्ट जनरल सेठले सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। 

उनी ३० जुनमा भारतीय सेनाका ३१औँ सेनाध्यक्षको शपथ लिनेछन्। उनको कार्यकाल ३१ अगस्त २०२८ सम्म हुनेछ। 

उनी २० डिसेम्बर १९८६ मा भारतीय सेनामा भर्ना भएका थिए। चार दशकको कार्यकालमा उनले भारतीय सेनाका कयौँ कमान्ड सम्हालिसेका छन्। 

उनका बुवा कृष्णमोहन सेठ पनि भारतीय सेनामा कार्यरत थिए। कृष्णमोहनले लेफ्टिनेन्ट जनरलबाट अवकास पाएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here