बजेटमा नयाँ योजना समावेश नगर्ने

काठमाडौं । विराटनगर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना समावेश नगर्ने बताएका छन् ।

प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले नयाँ योजना समावेश गर्ने सम्भावना कम रहेको बताए ।

frontline

उनले आगामी आर्थिक वर्षको बजेट यथार्थको धरातलमा टेकेर ल्याइने बताए ।

मुख्यमन्त्री राईले निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका कारण बजेटमा असन्तुलन आएको आरोप लगाए ।

‘हामीले भन्यौं ६ अर्ब अघिल्लो वर्षको बचत हुन्छ, तर उल्टै ४ अर्बभन्दा बढी बजेट अघिल्लो वर्षको भुक्तानी गर्नुपर्ने फाइल मन्त्रालयबाट आयो, अनि हामीले अध्ययन गर्‍यौं,’ उनले भने, ‘६ अर्ब बचत होइन ४ अर्ब दायित्व भुक्तानी गर्नुपर्‍यो,… हामी यहाँनेर फेल खायौं ।’

उनले विगतमा देखिएका बेथिती समाधान गरेर बजेटलाई ट्र्याकमा फर्काउने पनि बताए ।

राजनीतिमा कोभिड

मुख्यमन्त्री राईले राजनीतिमा कोरोना फैलिएका कारण प्रदेशमा पनि त्यसको प्रभाव परेको बताएका छन् ।

‘राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो, केन्द्रबिन्दु धुम्बाराही,’ उनले भने, ‘कोभिड १९ विस्तारै फैलियो, तर राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, कसैलाई बाँकी राखेन ।’

प्रदेशसभाको जारी बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो साढे १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

poster-here