बाँकेमा २४ घण्टामा थप ४ संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका-८ का ३९ वर्षीय पुरुषको आइतबार बिहान एक बजेतिर ठाकुरबाबा नगरपालिका-२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

frontline

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका-३ की ३३ वर्षीय महिलाको शनिबार दिउँसो साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज उपमहानगरपालिका-१ की ४५ वर्षीय महिलाको आइतबार बिहान ६ बजे युनाइटेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँके जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३०२ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here