रामेछापमा कफ्र्यू हट्यो

रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
यसअघि मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते दिउँसो १२ बजेसम्म कफ्र्यू आदेश लागू गरिएको थियो। तर परिस्थिति केही सहज बनेपछि उक्त आदेश हटाएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञाले मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ रामेछाप नगरपालिका–२ को सुकाजोर खोला पुल (बिटारसम्म), मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्म, मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र, रामेछाप नगरपालिका–८ को भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रलाई समेटेको छ । त्यस्तै, जिल्लाभित्रका सबै पालिका र वडा कार्यालय रहेका स्थानहरूमा पनि निषेधाज्ञा लागू हुने जनाइएको छ ।
प्रशासनले अत्यावश्यक कामका लागि निस्कनुपर्ने सर्वसाधारणलाई सहज हुने गरी व्यवस्था मिलाइएको जनाएको छ ।
००००००००००००००
रामेछापमा कफ्र्यू हट्यो
रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ ९संशोधन सहित० को दफा ६ को उपदफा ९३क० बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
यसअघि मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते दिउँसो १२ बजेसम्म कफ्र्यू आदेश लागू गरिएको थियो। तर परिस्थिति केही सहज बनेपछि उक्त आदेश हटाएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञाले मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ रामेछाप नगरपालिका–२ को सुकाजोर खोला पुल ९बिटारसम्म०, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्म, मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र, रामेछाप नगरपालिका–८ को भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रलाई समेटेको छ । त्यस्तै, जिल्लाभित्रका सबै पालिका र वडा कार्यालय रहेका स्थानहरूमा पनि निषेधाज्ञा लागू हुने जनाइएको छ ।
प्रशासनले अत्यावश्यक कामका लागि निस्कनुपर्ने सर्वसाधारणलाई सहज हुने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here