हेटौंडामा जेन–जी पुस्ताको शान्तिपूर्ण प्रदर्शन
हेटौंडा । भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगको विरोधमा जेनजी पुस्ताले सोमबार हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
बिहानैदेखि उपमहानगरपालिका परिसरबाट सुरु भएको जुलुस सानो पोखरा, बुद्धचोक हुँदै उपमहानगर रोडसम्म अघि बढेको थियो । सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर शान्तिपूर्ण उपस्थिति जनाएका थिए ।
प्रदेश सभा भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीको अवरोध भएपछि केहीबेर तनाब सिर्जना भएको थियो । प्रदर्शनकारीहरूले आफूहरूलाई रोक्न खोज्नु शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भएको आरोप लगाएका छन् ।

आयोजकका संयोजक दिक्षान्स खड्काका अनुसार यो आन्दोलन कुनै राजनीतिक दलसँग सम्बन्धित नभई नयाँ पुस्ताले ‘इमानदारिता, पारदर्शिता र जवाफदेहीतामा अभ्यास गर्दै उदाहरण प्रस्तुत गर्ने’ उद्देश्यले गरिएको हो ।
उनका भनाइमा भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि यो पुस्ता निरन्तर सडकमा उत्रिनेछ ।
यसैबीच, मकवानपुर प्रहरीले भने सुरक्षाका कारण प्रदेश सभा भवनभित्र प्रवेशमा रोक लगाइएको र स्थिति नियन्त्रणमै रहेको जानकारी दिएको छ ।
प्रदर्शनपछि जेन–जी पुस्ताले आन्दोलनलाई अझ व्यापक बनाउने घोषणा गर्दै सबै नागरिकलाई आवाज उठाउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्