पुस ११ गते राष्ट्रिय दिवस मनाउने निर्णय

काठमाण्डु । हरेक वर्ष पुस ११ गते राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पुस ११ गते राष्ट्रिय दिवस मनाउने निर्णय भएको जानकारी दिए ।

frontline

त्यस्तै सरकारले मेलम्ची आयोजनाको खानेपानीको वितरणमा भएको चुहावट नियन्त्रण र मर्मत–सम्हार गर्न १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारको स्वामित्वमा रहेको जर्मनीको बोनस्थित घरजग्गा बिक्री गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सगरमाथा संवाद कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।

चीनबाट प्राप्त हुने तीन हजार ५०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

साथै सरकारले वन तथा वातावरण व्यवस्थापन कार्यक्रम लागू भएका वनमा कटान भएका काठ, दाउरा संकलन, ओसारपसार तथा बिक्री वितरणमा स्किृति दिने निर्णय गरेको छ ।

बैठकले भूमिसुधारसम्बन्धी ऐन पारित गर्दै परराष्ट्र मन्त्रालयको राजदूतसम्बन्धी नियुक्ती २०७५, संशोधन गरेको छ ।

प्रवक्ता गुरुङले अर्थमन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैंकप्राप्त हुने ५० मिलियन अमेरिकन डलर सहुलियत प्रदानका लागि ६ सदस्यीय टोली गठन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here