गृहका सचिवको सरुवा, न्यौपानेलाई हटाएर अर्याललाई बनाउने सम्भावना

काठमाण्डु । सरकारले गृहमन्त्रालयका सचिवको सरुवा तयारी गरेको छ ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई परिवर्तन गरेर सामान्य प्रशासन मन्त्रालयमा रहेका एकनारायण अर्याललाई गृहसचिव बनाउने सम्भावना रहेको स्रोतको दावी छ ।

frontline

अर्याल यसअघि सहसचिव हुंदा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन् ।

उनको गृहमन्त्रालयमा लामो अनुभव छ ।

अर्यालले कलकत्तामा महावाणिज्यदूतको समेत जिम्मेवारी सम्हालेका थिए ।

अहिले गृहसचिव रहेका न्यौपाने अख्तियारबाट गृहमन्त्रालयमा सरुवा भएर आएका थिए ।

उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ ।

न्यौपानेको यो ६ महिनामा दुई चोटी सरुवाको लागी फाइल उठेपनि अन्तिममा रोकिएको थियो ।

उनको कार्यक्षमता कमजोर भएको भन्दै सरकारले उनलाई गृहमन्त्रालयबाट अन्त पठाउन खोजेको हो ।

‘अव न्यौपानेको सरुवा चांडै हुन्छ होला,सरकारले चुनावको घोषणा गरिसकेको अवस्थामा गृहसचिव अनुभवी र क्षमता भएको चाहिन्छ ।

त्यसका लागी केही दिनमा उपयुक्त व्यक्तिलाई गृहमा ल्याउने तयारी छ । ’ स्रोतले भन्यो ।

न्यौपाने निती निर्माणमा भन्दा पनि प्रहरीको सरुवा बढुवा र व्यक्तिगत काममा बढी सक्रिय रहेको र निर्णय क्षमता समेत कमजोर रहेको बताइन्छ ।

अहिले गृहसचिव वन्नको लागी श्रम सचिव सुर्य गौतम र पर्यटन सचिव यादव कोइराला समेत लविङमा लागेका छन् ।

कोइरालासंग पनि गृहमन्त्रालयको अनुभव छ ।

उनि सहसचिव हुंदा ललितपुर सिडिओ भएका थिए भने मन्त्रालयमा शान्ति सुरक्षा महाशाखाको प्रमुख समेत बनेका थिए ।

  सरकारले अरु मन्त्रालयका सचिवहरुको समेत सरुवा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here