बालकृष्ण बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडौं । बालकृष्ण बस्नेतलाई सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

frontline

बस्नेत लामो समय कान्तिपुर दैनिकमा काम गरेपछि दुई वर्षयता खुलानेपाल अनलाइनको सम्पादकका रुपमा कार्यरत थिए।

दोलखा नै निवासी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सिफारिसमा बस्नेत काउन्सिल अध्यक्ष भएका हुन्।

यसअघि काउन्सिलमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षका रुपमा रहँदै आएका थिए ।

बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।

बस्नेत यसअघि नेपाल महासंघका केन्द्रीय सदस्य भएका थिए।

यस पटकको महाधिवेशनमा एमालेनिकट प्रेस चौतारीबाट महासचिवमा उठेका उनी पराजित भएका थिए।

उनी कानुन व्यवसायीका रुपमा पनि क्रियाशील थिए। 

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चार वर्षअघि काउन्सिल अध्यक्षमा नियुक्त गरेका धरानका पत्रकार भवानी बरालबारे सर्वोच्च अदालतमा प्रश्न उठेपछि काम गर्न पाएका थिएनन्।

त्यसयता किशोर श्रेष्ठले लामो समय र गोपाल बुढाथोकी केही समय कार्यवाहक अध्यक्षका रुपमा काम गरेका थिए।

बरालको मुद्दा सर्वोच्चमा रहे पनि उनको चार वर्षे नियुक्ति अवधि पूरा भएपछि बस्नेतलाई सरकारले अध्यक्षको जिम्मेवारी दिएको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here