हलिउडका लोकीले गरे नेपाली आतिथ्यता र सौन्दर्यको प्रशंसा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • हलिउड अभिनेता टम हिडल्सटनले अमेरिकी टिभी शो ‘जिमी किमेल लाइभ’मा आफ्नो नेपाल भ्रमणबारे कुराकानी गरेका छन्।
  • हिडल्सटनले नेपालका हिमालय र मानिसको मिजासिलो व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
  • उनले मे महिनामा छायांकन गरिएको फिल्म ‘टासी’मा एडमन्ड हिलारीको भूमिका निर्वाह गरेका छन्।

काठमाडौं । लोकी नामले चर्चित हलिउड अभिनेता टम हिडल्सटनले नेपाली आतिथ्यताको प्रशंसा गरेका छन् । चर्चित अमेरिकी टिभी शो ‘जिमी किमेल लाइभ’सँगको अन्तर्वार्तामा उनले हालैको आफ्नो नेपाल भ्रमणबारे कुराकानी गरे ।

frontline

‘मार्वल सिनेम्याटिक युनिभर्स’मा लोकी नामले चर्चित हिडल्सटन केही महिनाअघि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्म ‘टासी’को छायांकनको लागि नेपालमा थिए ।

यो फिल्मको नाम ‘तेन्जिङ’ भनिएपनि निर्माताले नेपाल सरकारसँग ‘टासी’ नामले छायांकन अनुमति लिएका थिए ।

उनले नेपालका हिमालय आफूले देखेका अहिलेसम्मका सुन्दर थलो भएको बताउँदै नेपालका मानिसको मिजासिलो र दयालु व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

काठमाडौंका बासिन्दाले गरेको स्थानीय आतिथ्य, सगरमाथा क्षेत्रको मनोहर भौगोलिक सौन्दर्य र छायांकन सेटमा आफ्ना को–स्टारसँगको रमाइलो अनुभव उनले अन्तर्वार्तामा सेयर गरेका छन् ।

गत मे महिनामा छायांकन गरिएको फिल्ममा अभिनेता हिडल्सटनले एडमन्ड हिलारीको भूमिका निर्वाह गरेका छन् । तिब्बती कलाकार गेन्डेक फुन्टसोकले तेन्जिङको भूमिका निर्वाह गरेका छन् । नेपाली अभिनेत्री थिन्ले ल्हामोले तेन्जिङकी पत्नीको रोल निर्वाह गरेकी छन् ।

https://www.tiktok.com/embed/v2/7516928548200779010?lang=en-US&referrer=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2025%2F08%2F1738261%2Fhollywoods-loki-praises-nepali-hospitality-and-beauty

टम हिडल्सटनहलिउड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here