रुपन्देही प्रहरीले एकैदिन पाँच फरार अभियुक्त पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले एकैदिन पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।

विभिन्न जघन्य अपराधमा संलग्न पाँच जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

frontline

पक्राउ पर्नेमा तिनाउ नगरपालिका-११ का ५३ वर्षीय धनबहादुर बुढाथोकी, वडा नम्बर १६ का ५६ वर्षीय कन्हैया कुँवर जोगी, ३६ वर्षीय बेनिराम कुँवर जोगी, गैडहवा-८ का ३२ वर्षीय बलवीरकुमार सुनार र तिनाउ-२ का ३४ वर्षीय बाबुराम विक रहेका छन्।

बुढाथोकी कर्तव्य ज्यानमुद्दामा १० वर्षी कैद सुनाइएका अभियुक्त हुन्।

कर्तव्य ज्यानमुद्दामै कन्हैयालाई अदालतले १४ वर्ष सजाय सुनाएका छ।

बेनिरामलाई कर्तव्य ज्यानमुद्दामा ७, सुनारलाई कर्तव्य ज्यानमुद्दामा १९ वर्ष र विकलाई अप्राकृतिक मैथुनमा अदालतले चार वर्ष सजाय सुनाएको थियो।

उनीहरू सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देही बुझाइएको थियो।

अदालतले सबैलाई कारागार चलान गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

रुपन्देही प्रहरीले जघन्य अपराधमा संलग्न भई फरार भएका अभियुक्तलाई पक्राउ गर्ने अभियान नै चलाएको छ।

यस अभियान अन्तर्गत हालसम्म १६ जना पक्राउ परिसकेको प्रहरी उपरीक्षक केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

poster-here