हत्या आरोपीसँग भिडियो बनाउने सशस्त्र प्रहरी जवान अनुसन्धानमा तानिए
२५ असोज, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरेर हत्यामा संलग्न आरोपीसँग जोडिएको आरोपमा एक जना सशस्त्र प्रहरी जवान पनि अनुसन्धानमा तानिएका छन् । हत्या आरोपी इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन् ।
जनकपुरधाममा बिहीबार साँझ इर्सादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका– ५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । अर्का युवक २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते छन् ।






प्रतिक्रिया दिनुहोस्