खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
विराटनगर : विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित साइकलमा सवार रहेका दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित अररिया जिल्लाको जोगबनी कुश्मा–७ का १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधाकृष्ण राय रहेका छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–१८ स्थित पेट्रोल पम्पअगाडिबाट आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई रोकेर चेकजाँच गरेको थियो । जाँचका क्रममा साइकलको पछाडि बसेका राधाकृष्णको साथबाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्