जिल्ला कारागार सिराहामा कैदी बन्दीहरूबिच दोहोरो झडप

समाचार सारांश

  • सिराहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्।
  • झडपपछि घाइतेहरूको उपचारका लागि अस्पताल पठाइएको छ, अवस्था सामान्य रहेको छ।
  • कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र अवैध कारोबारको आशंका गरिएको छ।

सिराहा ।  जिल्ला कारागार सिराहामा आइतबार अपराह्न  कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ। झडपमा १३ जना घाइते भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । 

frontline

उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। ‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ। 

उनले भने,  ‘अवस्था सामान्य नै भन्ने छ। घटनाबारे प्रारम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ ।’

क्षमताभन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो। 

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदी बन्दीबिच दोहोरो झडप भएको हो ।

#कैदी बन्दी #सिराहा #कारागार #झडप

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here