प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्दैछ।
  • बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२ प्रस्तुत गर्ने कार्यसूची छ।
  • ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजै पेश हुनेछ।

frontline

२९ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ।

आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक प्रस्तुत गर्नेछन्।

औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि आज बैठकमा प्रस्तुत हुनेछ। सो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रतुत गर्नेछन्।

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here