बालेनविरुद्ध चार करोड घोटालाको अर्को उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध चार करोड रुपैयाँ घोटाला प्रकरणमा अख्तियारमा अर्को उजुरी परेको छ ।

बालेनले मात्र प्रयोग गर्ने लिफ्ट र महानगरको भवन मर्मतमा चार करोड दुई लाख रुपैयाँ घोटाला भएको दाबी गर्दै सिन्धुलीका युवराज सफलले आज फेरि उजुरी दर्ता गराएका हुन् ।

frontline

यसअघि गत जेठ २९ गते बालेनले मात्र प्रयोग गर्ने लिफ्ट निर्माणमा एक करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै उनले अख्तियारमा उजुरी हालेका थिए । आज दर्ता गराइएको उजुरी पत्रमा भने सेटिङमा लिफ्ट र भवन मर्मतको ठेक्का दिएको दाबी गरिएको छ ।

आफूले महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेसँग यसबारे सोध्दा निर्माण प्रक्रिया बढाउन राष्ट्रिय दैनिकमा सूचना निकालेको तर पुमा लक्ष्मी निर्माण सेवा कम्पनीबाहेक अन्य कम्पनीले चार करोड दुई लाख रुपैयाँमा टेण्डरमा भाग लिएको भनी हाँस्यास्पद जवाफ पाएको उनको भनाइ छ ।

अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दायर

‘यदि एक कम्पनीबाहेक कसैको पनि नपरेपछि टेण्डर रद्ध गरी फेरि टेण्डर सूचना निकाल्न पर्नेमा सोही पुमा लक्ष्मी निर्माण सेवा कम्पनीलाई नै छनौट गर्नु भनेको सरासर अनियमितता गरेको, सेटिङमा गरेको हो भन्ने ठम्याई म उजुरीकर्ताको रहेको छ,’ दर्ता नम्बर सी ०७८१४० रहेको उजुरी पत्रमा लेखिएको छ ।

आफू कार्यालय प्रमुख रहेको निकायको टेण्डरलगायत कार्यहरु के कसरी भएका छन् ? कसरी सम्झौता भएका छन् ? सम्झौता सम्पन्न भएका छन् वा छैनन् ? भनी त्यसको अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी मेयर बालेनको भएको उल्लेख गर्दै सफलले भनेका छन्, ‘आफैंको लागि भिभिआईपी लिफ्टसमेत जडान भएकोले पनि मेयर बालेन्द्र शाह प्रत्यक्ष यस अनियमिततामा जोडिएका हुन् ।’

उनले भवन मर्मत र लिफ्ट निर्माण कार्य सम्पन्न गर्न भएको खर्च विवरण, बिल भौचर, बैंक स्टेटमेण्ट, महानगर र पुमा लक्ष्मी निर्माण सेवाबीच भएका सम्झौता कागजात झिकाएर यसबारे गम्भीर अनुसन्धान गरी मेयर बालेनसहितलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here