आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति

News Summary

Generated by OK AI. Editorially reviewed.

  • हुम्लाको सर्केगाड गाउँपालिका-३ का उनापानीमा आइतबार राति आगलागीले आठ घर जलेर नष्ट भए।
  • आगलागीबाट एक करोड बराबरको सम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
  • प्रहरी र स्थानीयबासीहरूले आगो नियन्त्रण गरी क्षति कम गर्न सफल भएका छन्।

frontline

३ असार, हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड  गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ ।

आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलले बताए ।

आगलागी हुँदा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् ।

अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको प्रहरीले बताएको छ ।

आगलागी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here