राजावादी समूहमा भाँडभैलो, समानान्तर आन्दोलनको तयारी

‘राजसंस्था पुर्नस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समिति’मा भाँडभैलो मच्चिएको छ । व्यवस्था पल्टाउने निर्णायक आन्दोलन भन्दै सडकमा ओर्लिएका राजावादीहरु पाँच दिन पनि टिक्न नसकेपछि अन्तरकलह चर्किएको हो । 

समितिका प्रवक्ता स्वागत नेपालले आफूले उक्क्त जिम्मेवारी छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जलामा लामो धारणा राख्दै उनले अब नयाँ ढंगले आन्दोलनलाई उठाउन समिति पुनर्गठन गरिनेसमेत बताएका छन् । बुढा नेताको स्वार्थ र अहंकारले आन्दोलन तुहिंदै गएको निष्कर्ष उनले सुनाए । 

frontline

‘…बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बुढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे’, नेपालले भनेका छन्, ‘उनीहरुले जनभावनालाई तुहाउन प्रयास गरे, अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ ।’

गत शुक्रबार जनआस्थासँगको कुराकानीमा पनि उनले युवाहरुको जनभावनलाई आन्दोलन समितिले समेट्न नसकेको स्वीकार गर्दै नेताहरु फकाउने रणनीतिमा रहेको बताएका थिए । बुधबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा देखिएको दृश्यपछि युवाहरुलाई फकाएर मात्रै दोश्रो चरणको आन्दोलनमा होमिने नेताहरुको तयारी रहेको उनको भनाई थियो । 

तर, अब भने युवालाई समेटेर छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनको संकेत छ । ‘देश र विदेशबाट नयाँ संरचनासहित हामी आउँदैछौं, कोही पनि चिन्तित र त्रसित नबन्नु होला, देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्नैपर्छ’, उनले थपेका छन् । 

समितिमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पछिल्लो समय सक्रिय छैनन् । चैत १५ गते तीनकुने घटनामा पक्राउ परी छुटेपछि दुवै जना आन्दोलनमा देखिएका छैनन् । पार्टीका बैठकमा भने उनीहरुको नियमित सहभागिता रहेको बताइन्छ । 

उता, आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईको समूह पनि नवराज सुवेदी नेतृत्वको समितिबाट अलग भैसकेको छ । जेठ १५ गते समितिले आयोजना गरेको प्रदर्शनअघि प्रसाइको सचिवालयले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागि नहुन कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको थियो । 

स्मरण रहोस्, गत चैत पहिलो साता पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष चासो र निर्देशनमा सुवेदीलाई संयोजक तोकेर राजावादीहरुले आन्दोलन समिति घोषणा गरेका थिए । त्यतिबेला राजावादीहरु सबैभन्दा ठूलो वैधानिक शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले समितिमा नबस्ने सार्वजनिकरुपमै बताएका थिए । त्यसको केही समयपछि सोल्टी होटलमा ज्ञानेन्द्रसँग ‘लन्च मिटिङ’ गरेका उनीहरु त्यहाँको मन्त्रणासँगै बल्ल सुवेदीलाई नेता मान्ने तयार भएका थिए । 

त्यसयता मूलत: सबै राजावादी शक्तिहरु एकगठ देखिए पनि आन्दोलनले भने गति लिन सकेको छैन । पछिल्लोचोटि आन्दोलनको समीक्षा गर्दै नयाँ कार्यक्रम बनाउनेबारे छलफल गर्न बसेको बैठकमा युवाहरुले होहल्ला गरेपछि भाँडिएको थियो । त्यसयता सुवेदी नेतृत्वको समितिबाट राजावादीहरु बाहिरिनेक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here