तीनकुने घटना : चार बालकविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायर हुने

News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न चार बालकविरुद्ध मुद्दा दायर हुने भएको हो।
- प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको घटनामा कर्तव्य ज्यानको आरोपमा आठ व्यक्तिका विरुद्ध मुद्दा दायर भएको छ।
- प्रदर्शन हिंसात्मक बनेको थियो र प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।
११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोप लागेका चारजना बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको छ ।




जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएको गरेको अनुसन्धान प्रतिवेदनका आधारमा चार बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको हो । उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।
यो प्रकरणमा बालकबाहेक अन्य ६१ जनाविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ ।
जसमा प्रसाईंसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा दायर भएको छ । यो प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।
१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।
प्रदर्शनकारीले व्यक्तिका निजी घर तोडफोडदेखि आगलागीसम्म गरेका थिए । भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्