अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला (तस्वीरहरू)

आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- अखिल क्रान्तिकारीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ।
- उनीहरूले प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गरेका थिए।
- क्रान्तिकारीहरूले मसाल जुलुस समेत निकाले।
११ जेठ, काठमाडौं । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ ।
आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।
उनीहरूले विश्वभाषा क्याम्पस हुँदै मसाल जुलुससमेत निकालेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागेको छ ।
कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका छन् भने रास्वपाले राजीनामा दिनुपर्ने माग गरेको छ ।
हेर्नुहोस् तस्वीरहरू :





प्रतिक्रिया दिनुहोस्