चिनियाँ कम्पनीलाई साढे २ करोड तिर्न ताकेता

विद्युत विकास विभागले अपर त्रिशुली हाइड्रोपावर प्रालिलाई दुई करोड ५५ लाख रुपैयाँ बुझाएर आफ्नो विद्युत उत्पादन अनुमतिलगायत नवीकरणका लागि पत्र पठाएको छ । विभागको अनुमतिपत्र महाशाखाले वैशाख १९ गतेको निर्णयानुसार भन्दै लेखेको पत्रमा माथिल्लो त्रिशुली–२ जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (वि.उ.२६२) को विद्युत खरिद बिक्रीसम्बन्धी सम्झौता तथा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने म्यादबारे उल्लेख गर्दै पठाएको पत्रमा उक्त विवरण उल्लेख छ ।
रसुवा जिल्ला हुँदै बग्ने त्रिशुली नदीमा पहिचान गरिएको माथिल्लो त्रिशुली २ जलविद्युत आयोजना (१०२ मेगाबाट) को विद्युत उत्पादन अनुमतिपत्र म्याद थपका लागि निवेदन पेश नगरेको भन्दै सात दिनभित्र कागजात र रकम जम्मा गरेको भौचर पेश गर्न वैशाख २१ गतेको पत्रमा भनिएको छ । अपर त्रिशुली हाइड्रोपावरमा चिनियाँ लगानी छ ।




विभागले हिजोसम्मको म्याद दिँदै विभिन्न वर्षको हर्जाना तोकेको हो । जसअनुसार पाँचौ वर्षको रुपमा २०८० मंसिर १८ गतेको पत्रानुसार सो मितिसम्म एक करोड २७ लाख ५० हजार, छैठौं वर्ष अर्थात् हिजोसम्म अर्को एक करोड २७ लाख ५० हजार गरेर कुल दुई करोड ५५ लाख रुपैयाँ धरौटी बुझाउन भनिएको हो ।
प्रतिक्रिया दिनुहोस्