प्रधानमन्त्री भोलि युवा नेतृत्व छान्न पोखरा जाने

प्रधानमन्त्री केपी शर्मा ओली कास्कीको पोखरा जान लाग्नु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १०, अमरसिंह चोकमा हुन गइरहेको नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको दशौं राष्ट्रिय महाअधिवेशन उद्घाटन गर्न उहाँ बिहान ११ बजे त्यता प्रस्थान गर्नु हुनेछ । 

नेपाली सेनाको हेलिकप्टरमार्फत त्यता जान लाग्नुभएका उहाँ अपरान्ह १२ बजे कार्यक्रममा सहभागी भएर दिउँसो ३ बजे काठमाडौं फर्किने तालिका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । 

frontline

भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिति २०८२ जेठ ९ गते शुक्रबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट पोखरा प्रस्थान गरी देहायको कार्यक्रममा सरिक हुनुभई सोही दिन दिउँसो ३ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं फिर्ता हुनुहुने कार्यक्रम तय भएकोले प्रभावकारी सुरक्षा प्रबन्धको लागि निर्देशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here