५ अर्बको हरित ऊर्जा ऋणपत्र ल्याउन निफ्राले पायो अनुमति

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई हरित ऊर्जा परियोजनाका लागि ७ वर्षे ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त भयो।
  • यस ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ र ५ अर्ब रुपैयाँ बराबरको जारी हुनेछ।
  • यसले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गर्ने परियोजनामा लगानी गरिनेछ।

३० वैशाख, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई नेपाल धितोपत्र बोर्डले हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ ।

frontline

सात वर्षे अवधिको यो ऋणपत्रको ब्याजदर ६ प्रतिशत छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्नेछ । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ ।

अंकित मूल्य १ हजारका दरले कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत/२०८८/८९’नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकमास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।

‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनीकरणमा सहयोग पुर्‍याउने परियोजनामा परिचालन गर्ने गरी उक्त ऋणपत्रलाई अनुमति प्रदान गरिएको छ’ बोर्डले एक सूचनामार्फत भनेको छ।

निफ्रा हरित ऊर्जा ऋणपत्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here