सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

१५ चैत, काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।




११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै उनीहरु र्यालीमा मिसिएको देखिन्छ ।
गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् । प्रदर्शनीमार्ग र तिनकुने दुवै क्षेत्रमा सभाका लागि मञ्च तयार भइसकेको छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।
बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ ।
यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा जम्मा हुने छ ।
गणतन्त्रवादी प्रदर्शन राजावादी
प्रतिक्रिया दिनुहोस्