केन्द्राध्यक्ष नियुक्ति विवादका कारण मधेश सरकारले गर्‍यो एसईई बहिष्कार घोषणा


परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति र परीक्षामा भेटिने मोबाइल जफत गर्ने निर्णय परीक्षा समन्वय समितिहरूले नामनेका कारण उक्त परीक्षा प्रक्रियाबाट मधेश सरकार अलग हुने घोषणा गरिएको मुख्यमन्त्री सिंहले बताए ।

५ चैत, जनकपुरधाम । मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियामा सहभागी नहुने घोषणा गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् ।

frontline

परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति र परीक्षामा भेटिने मोबाइल जफत गर्ने निर्णय परीक्षा समन्वय समितिहरूले नामनेका कारण उक्त परीक्षा प्रक्रियाबाट मधेश सरकार अलग हुने घोषणा गरिएको मुख्यमन्त्री सिंहले बताए ।

‘विगतमा परीक्षामा धेरै चलखेल सेटिङ हुने गरेको, चोरी फ्लेप चल्ने गरेको कसैबाट लुकेको छैन । यसले क्षिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसकारण यसपटक गोला प्रथाबाट केन्द्राध्यक्ष चयन र परीक्षामा फेला पर्ने मोबाइलहरू जफत गर्ने हाम्रो निर्णय कार्यान्वयन भएन । त्यसकारण अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं ।’

गत २६ फागुनमा मधेश सरकारले यस्तो निर्णय गरेको थियो ।

तर सो निर्णय विपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

एसईई मधेश सरकार

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here