डोनारुमाले दुई पेनाल्टी जोगाउँदा पिएसजी क्‍वाटरफाइनलमा, लिभरपुल बाहिरियो

२८ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति भएको दोस्रो लेगको खेलपछि पेनाल्टी सुटआउटमा पिएसजीसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

पहिलो लेगमा पिएसजीकै मैदानमा १-० ले विजयी भएको लिभरपुल दोस्रो लेगमा घरेलु मैदानमै १-० ले पराजित भएपछि समग्रमा बराबरीको नतिजाले खेल टाइब्रेकरमा धकेलिएको थियो ।

frontline

टाइब्रेकरमा पिएसजीका इटालियन गोलकिपर जियानलुजी डोनारुमा नायक बने । उनले लिभरपुलका दुई पेनाल्टी प्रहार बचाए ।

पिएसजीले चारवटा पेनाल्टीमा गोल गर्दा लिभरपुलका मोहमद सालाहले मात्र गोल गरे । डार्विन नुनेज र कर्टिस जोन्सको प्रहारमा डोनारुमा नायक बने ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलको १२औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा समग्रमा १-१ को बराबरीले खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो जहाँ प्रिमियर लिगमा एकपक्षीय अग्रतामा रहेको लिभरपुलको भाग्य यता भने चम्कन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here