क्रिस्टियानो रोनाल्डो: ६५० मिलियन फलोअर्स र मेहनतको कहानी

क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा ६५० मिलियन (६५ करोड) फलोअर्स पार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। उनी विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति मात्र होइन, मेहनत र समर्पणको प्रतीक पनि हुन्।
सानो उमेरदेखि नै उनले आफ्नो लक्ष्यका लागि कडा मिहिनेत गरे। बिहान सबेरै अभ्यास, कठोर डाइट, मानसिक र शारीरिक फिटनेसमा ध्यान दिने उनको बानी नै उनलाई विश्वकै उत्कृष्ट खेलाडी बनायो।




रोनाल्डोको यो उपलब्धि केवल फुटबलको मैदानमा देखिएको प्रतिभा मात्र होइन, निरन्तर मेहनत, दृढ इच्छाशक्ति, र आत्मअनुशासनको नतिजा हो। यही कारण उनले सामाजिक सञ्जालमा मात्र होइन, सम्पूर्ण खेल जगतमा सबैको मन जितेका छन्।

प्रतिक्रिया दिनुहोस्