कोरोनाका कारण एसिया कप क्रिकेट स्थगित

Cricket ball resting on a cricket bat on green grass of cricket pitch

फ्रन्टलाइन खेल । एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ । कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ ।

एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भईसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो ।

frontline

गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप कोरोना भाईरसको कारण एक वर्ष स्थगित गरिएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

poster-here