नेपालले अमेरिका र क्यानडाविरुद्ध खेल्ने

नेपालले आइसिसी ट्वान्टी- २० विश्वकपअगाडि दुई अभ्यास खेल नै एसोसिएट राष्ट्रसँग मात्र खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) द्वारा सार्वजनिक तालिकाअनुसार विश्वकपअगाडि नेपालको दुई अभ्यास खेल नै एसोसिएट राष्ट्रविरुद्ध हुन लागेको हो।

नेपालले पहिलो खेल क्यानडा र दोस्रो खेल आयोजक अमेरिकासँग खेल्ने भएको छ। नेपालले पहिलो खेल मे २७ मा र दोस्रो मे ३० मा खेल्ने तय छ। यी दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेइरी क्रिकेट रंगशालामा हुँदै छन्। यसै मैदानमा आगामी जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले ट्वान्टी- २० विश्वकपको यात्रा थाल्दै छ।  

frontline

यस विश्वकपमा क्यानडा र अमेरिका समूह ‘ए’ का टोली हुन्। अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्दै छ। क्यानडा भने अमेरिकी क्वालिफायरमा च्याम्पियन हुँदै विश्वकप खेल्न लागेको हो।

एसिया क्वालिफायरमा उपविजेता हुँदै दोस्रोपटक ट्वान्टी- २० विश्वकप खेल्न लागेको नेपालले कमजोर टोलीविरुद्धको प्रतिस्पर्धाबाट विश्वकप यात्रा थाल्ने भएको छ। सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपाल अहिले विश्वकप तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्समा छ।

नेपालले सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्सको स्थानीय टोली विनवार्ड्स भोलक्यानोजविरुद्ध दुई अभ्यास खेल खेलिरहेको छ। नेपालले अघिल्ला दुई खेलमा चार विकेट र ४९ रनको जित निकालेको थियो। अब नेपालले तेस्रो तथा अन्तिम अभ्यास शनिबार खेल्दै छ। 

त्यसपछि नेपाल मे १९ मा अमेरिकाको टेक्सास जाने कार्यक्रम छ। विश्वकप वार्मअप खेलअगाडि नेपालले आगामी मे २२ र २३ मा ह्युस्टन हरिकेनसँग पनि अभ्यास खेल खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here