काठमाडौं महानगरमा १४० स्वयंसेवक आवश्यक

 काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुला गरेको छ । आवेदकहरूबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिनका दरले २४ हप्ता समय दिनुपर्छ ।

यस कार्यक्रमअन्तर्गत १०० जना बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको महानगरपालिकाले जनाएको छ । यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्नेछ । 

frontline

स्वयंसेवकका लागि अनलाइनबाठ आवेदन दिन सकिनेछ । यो फाराम आउँदो फागुन २० गतेसम्म भरिसक्नु पर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्रको व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here