पहिलो पटक नगर प्रहरी राख्दै छत्रकोट

पहिलो पटक नगर प्रहरी राख्दै छत्रकोट

पालिका खबरदाता

पालिका खबरदाता फागुन १४, २०८०

Trulli

अअअ

frontline

गुल्मी– छत्रकोट गाउँपालिकाले पहिलो पटक नगर प्रहरी राख्ने भएको छ । पालिकाको शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्तीको सुरक्षाका लागि गाउँपालिकाले नगर प्रहरी राख्ने लागेको हो । 

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाका लागि पाँच जना नगर प्रहरी माग गरेको छ । गाउँपालिकाले नगर प्रहरी सहायक निरीक्षक एक जना तथा चार जना नगर प्रहरी जवान माग गरेको हो । 

गाउँपालिकाले तोकेको योग्यता पुगेका व्यक्तिले सूचना प्रकासन भएको १५ दिन भित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ । 

शान्ति, सुरक्षाका साथै कार्यपालिकाले गरेका निणर्यलाई ‘क्रियटिभ’ ढङ्गले कार्यान्वयनमा ल्याउन नगर प्रहरी नियुक्त गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए । गाउँपालिकाको आफ्नै नगरप्रहरी भएमा प्राकृतिक प्रकोप तथा विपद्को समयमा समेत काम गर्न सहज हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here